Showing posts with label Mero Gazal. Show all posts

तिम्रो मेरो साईनो लाग्छ किताब र गाता जस्तो



~~~~~~~~गजल~~~~~~~~

तिम्रो मेरो साईनो लाग्छ किताब र गाता जस्तो
कहिले काही लाग्छ यो हो वर्षात र छाता जस्तो

बैक ब्यालेन्स गरे जस्तै जतन गरी राखे जस्तै
हाम्रो माया  लाग्छ मलाई चेकबुक र खाता जस्तो

एक अर्कामा समर्पित भई हुर्किएको हाम्रो माया
जन्म जात जोडिएको अजम्बरी  नाता जस्तो

आँखा अघि नाँच्दै गर्दा माया साट्दै बाँच्दै गर्दा
केहि क्षण भेट नहुँदा लाग्छ कैयन साता जस्तो

तिम्रो मेरो साईनो लाग्छ किताब र गाता जस्तो
कहिले काही लाग्छ यो हो वर्षात र छाता जस्तो

© मोहन बिहानी
भक्तिपुर ७ सर्लाही

उच्च र निचको दरार कहिलेसम्म ?

गजल````````````````` 

उच्च र निचको दरार कहिलेसम्म ?
छुवाछुतको ब्यबहार कहिलेसम्म ?

अख्तियारले भ्रस्टाचारीलाई खोज्दैछ
आरोपित रहन्छ फरार कहिलेसम्म ?

मृतुदण्डको फैसला नआउँदा कैदी पनि
सोच्दो हो जीवनको करार कहिलेसम्म ?

पिरतिमा घाइते भएको प्रेमी बेचैन छ
मनको घाउको उपचार कहिलेसम्म ?

तथ्य र प्रमाण सामुन्य आउनै पर्छ
झुठो त्यो खबर बारम्बार कहिलेसम्म ?

सर्बाधिकार सुरक्षित © मोहन बिहानी
भक्तिपुर सात सर्लाही

छक्क परिस लामो दारी देखेर

गजल----------------------------
छक्क परिस लामो दारी देखेर
हालत मेरो बेरोजगारी देखेर 

ऊ मेरो श्रीमती नै हो यार
पत्याइनस उस्को सारी देखेर

ऊ फूलमा भबिश्य देख्छे गर्छे
शहरका कौशिमा फूलबारी देखेर

मेरो कुरा बिश्वास लागेन तँलाई
घरै पछाडी काँडा घारी देखेर

तँसंग पैसा छ नैतिकता मसंग
ईर्ष्या नगर हैसिएत बराबरी देखेर

© मोहन बिहानी
भक्तिपुर सात सर्लाही

आँसुमा मात्र विश्वास किन लागेको होला/जादैछु म अरब पसिना बगाउन /


  • ~~~~~~~गजल~~~~~~~~~
    आँसुमा मात्र विश्वास किन लागेको होला।
    गोधुली साँझ उदास किन लागेको होला ।
     
     

  • उनी सँगै बिताएका स्वर्णिम ति पलहरु ,
    आज मलाई ईतिहास किन लागेको होला ।

    बगैचाको रङ्गिन फूल झै लाग्थ्यो जीवन,
    तर अचेल पलाँस किन लागेको होला ।

    साथ दिन्छु तिम्लाई भन्दै'थी ऊ बारम्बार ,
    तैपनि धोकाको आभास किन लागेको होला ।

    © Mohan Bihani
    भक्तिपुर-७ सर्लाही
    २०७०-०९-२५ बिहीवार

  • ~~~~~~~गजल~~~~~~~~~
    जादैछु म अरब पसिना बगाउन।
    प्रशस्त धन अनि दौलत कमाउन।

     
    भोक भोकै सधै बाँच्नु कति मैले
    हिडेको छु म अब टन्न अघाउन।

    धिप धिपे बत्ति भैसक्यो जिन्दगी
    जादैछु आशतित किरण जगाउन।

    © Mohan Bihani
    भक्तिपुर ७ सर्लाही

यो दारी त्यो गालामा नदलेको धेरै भयो।

Mohan Bihani
गजल
-----------------------------------------
यो दारी त्यो गालामा नदलेको धेरै भयो।
एकान्तमा उनी र म नचलेको धेरै भयो।

भेट्न खोज्दा बाधा हाल्ने धेरै पाए मैले
समाजको कडा नजर नछलेको धेरै भयो।

नखोजेको होइन मैले बाल्नलाई प्रेम दीप
बतासले निभाई दिन्छ नबलेको धेरै भयो।

उनी बिना एक्लै बिते कैयन ति रातहरु
बिस्तारामा सँग सँगै नढलेको धेरै भयो।

प्रेमयुद्द चर्काउदैछु जवानीको मात सँगै
घमासान युद्द गर्दै नगलेको धेरै भयो ।

~~Mohan Bihani~~
भक्तिपुर-सात सर्लाही
२०७०-०७-२६ मंगलबार

3.गजल

गजल
ठेल्दै तान्दै जसो तसो चल्दैछ यो जीवन।

हिउँद बर्षा घाम पानी छल्दैछ यो जीवन।
 
यन्त्रबत चल्नु पर्ने दिन रात क्यै नभनी
सकिदैन अब खट्न गल्दैछ यो जीवन।

हावासंग हुरीसँग जुधेको हो कैयन पटक
आज सानो फिलुङ्गोले जल्दैछ यो जीवन।

टेक्नलाई लौरी छैन समाउ भन्दा हातमा
बल गर्दा नि न उठेर ढल्दैछ यो जीवन।

मोहन बिहानी २०७०-०७-१० आईतवार
चुनाबी गजल
*****************************
वाईन बनाउछु आफ्नै देशमा रम बनाउछु।
माग र आपुर्तिको तालमेल कम बनाउछु।

 
जिताउनुस ए हजुर मलाई यो चुनाबमा
नत्र आजैबाट बारुद बनाउछु बम बनाउछु।

निमन्त्रणा पठाउदैछु चुनाबी भोजको आजै,
रक्सि चिउरा मासुसंग आलुदम बनाउछु ।

आफु खानुस वा अरुलाई ख्वाउनुस हजुर
वरपरको वाताबरण पुरै रमझम बनाउछु।

रमाइलो गर्नै पर्यो नाच गाना बजनाको,
महेफिलमा बाईको पायल छमछम बनाउछु।

copyright © मोहन बिहानी भक्तिपुर सात सर्लाही
२०७०-०७-१२ मंङलबार रोज १२:४० शुभम्:
 

खुशिको खबर आयो बेरोजगारीको लागि ।

गजल
सबैलाई सुनाउनु पर्यो जानकारीको लागि।
खुशिको खबर आयो बेरोजगारीको लागि ।

उम्मेदबारले लठैत खोज्दै होलान् पक्कै
सम्बिधान सभा चुनाबको तयारीको लागि।

ज्याला गतिलो आउनसक्छ,केहि दिनकै ,
गाँउमा खान नुन भुटुन तरकारीको लागि ।

पार्टि छोड्ने र बिढ्रोह गर्नेको कमी रहेन,
बिना टिकट आफ्नो उम्मेदबारीको लागि ।

अर्को सुनौलो मौका हुन सक्छ यो बर्ष चुनाब
भ्रष्ट्राचारी जाली फटाहा र हावादारीको लागि।

copyright © मोहन बिहानी
भक्तिपुर -सात सर्लाही
२०७०-०६-२३ बुधवार

यो पल्ट दशैमा ।

दशै बिशेष गजल
------------------------
नयाँ चोलो फरिया लाउली यो पल्ट दशैमा ।
मिठो मसिनो खुब खाउली यो पल्ट दशैमा ।

नवदुर्गा भवानीको पुजा आरतीमा खुशि हुदै,
हरेकदिन मालश्री गीत गाउली यो पल्ट दशैमा।

पोहर साल जुठो परेथ्यो तिम्रो माइतीघरमा,
माईतिको टिको थाप्न पाउली, यो पल्ट दशैमा ।

भेट नभ'को धेरै भयो तिम्रो कान्छा मामासंग,
मामा घरमा भेट्न जाउली यो पल्ट दशैमा ।

कति भयो तिमीले आफ्ना साथीसंगि नदेखेको,
सबै साथीको तिर्सना मेटाउली यो पल्ट दशैमा।

बर्षभरी दु:ख गर्दै कटाएको जीन्दगीमा तिमीले,
ऋणमै भएनि दुइ दिन रमाउली यो पल्ट दशैमा ।

copyright © मोहन बिहानी
भक्तिपुर -सात सर्लाही
२०७०-०६-१८ गते शुक्रबार

जीन्दगी यो बेकार , मेरो मात्रै किन ?


गजल
~~~~~~~~~~~~~~~~
जीन्दगी यो बेकार , मेरो मात्रै किन ?                                        
बिग्रीएको घरबार , मेरो मात्रै किन ?

देख्दैछु खुशियाली, चारैतिर छाएको,
उजाड यो संसार , मेरै मात्र किन?

चन्द्रमुखी छन कोहि, सुर्यमुखी कोहि ,
कुरुप यो अनुहार , मेरै मात्र किन ?

ढुंङ्गाको भर माटो , माटोको भर ढुङ्गा,
नभ'को केहि आधार , मेरै मात्र किन ?

उन्नति र प्रगति छ , साथीभाइ सबैको,
सधै घाटाको ब्यापार , मेरै मात्र किन ?

Copyright © मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०७०-०४-२४ बिहीवार 

देशका खातिर बहिरा र लाटो बोल्नु पर्छ।

~~~~~~~~गजल~~~~~~~~
ढुङ्गा बोल्नु पर्छ अब माटो बोल्नु पर्छ,
देशका खातिर बहिरा र लाटो बोल्नु पर्छ।

द्वन्दको घाउ भित्र भित्रै दुख्छ कहिलेसम्म,
घाउ बोल्नु पर्छ अझ खाटो बोल्नु पर्छ।

देशको मुहार फेर्छु भन्दै शहिद हुनेहरुको,
सडकमा बगेको रगतको टाटो बोल्नु पर्छ।

कतै हेर सुखै सुख कतै दु:खै दु:ख कति,
सुख दु:ख बिचको अब पाटो बोल्नु पर्छ।

दबाइएका पिल्सिएका आवाज उठनु पर्छ
सर्वहारा र निमुखाको साटो बोल्नु पर्छ।

नेपालको भबिश्य संघियता हो कि होइन
सरल कठिन यात्रा कस्तो बाटो बोल्नु पर्छ।

सर्बाधिकार सुरक्षित © मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०७०-भदौ २४ गते सोमबार

गोरीको भन्दा नि कालीको चर्चा छ अचेल,

~~~~~~~~गजल~~~~~~~~
गोरीको भन्दा नि कालीको चर्चा छ अचेल,
मोहन बिहानी
 

ओठको भन्दा नि लालीको चर्चा छ अचेल।

घर कि मुर्गि दाल बराबर भन्छन सबैले,
श्रीमती भन्दा नि सालीको चर्चा छ अचेल।

जमाना फेरिए'सी कस्को के लाग्छ हजुर,
फूलको भन्दा नि मालीको चर्चा छ अचेल ।

मन्दिरमा भिड देख्छु साँझपख जहिले नि,
आरती भन्दा नि थालीको चर्चा छ अचेल।

के भा को होला यो युवा जमातको बोलीमा,
मिठास भन्दा नि गालीको चर्चा छ अचेल।

सर्बाधिकार सुरक्षित © मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०७०-०५-२१ शुक्रबार

तिम्रो हातले यो सराबको प्याला भरेर हेर

मोहन बिहानी
~~~~~~~~गजल~~~~~~~~

तिम्रो हातले यो सराबको प्याला भरेर हेर ,
सराबीको पनि मन हुन्छ माया गरेर हेर ।

कति माया छ दिल भित्र लेखाजोखा छैन,
नपत्याए आउ मेरो बाहुपासमा परेर हेर ।

आफन्तले घृणा गरेर सराबी हुनु पर्यो मैले,
दु:खी यो जीवनमा तिम्रो माया छरेर हेर।

छिया छिया भा'छ मुटु बुझ्ने कोहि छैन,
तिमी आफै मेरो यो दिलमा डेरा सरेर हेर।

कति बस्नु वारी पारी दुई किनार भएर सधै,
मीलन बिन्दु एउटै बनाउन खोला तरेर हेर।

सर्बाधिकार सुरक्षित © मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०७०-०५-१८ मंगलबार

हँसिलो सधै मेरो अनुहार तिम्रो लागि



भट्टी गएर झ्याप्प दारु तान्छु तान्छु आज

मोहन बिहानी

गाईजात्रे गजल
~~~~~~~~~~~~~~~~~~~
भट्टी गएर झ्याप्प दारु तान्छु तान्छु आज
निहुँ खोज्नेलाई दुई झापु हान्छु हान्छु आज

धेरै भयो भट्टीबाल्नीले पनि आँखा जुधाएको
च्याप समाई उस्लाई म्वाई खान्छु खान्छु आज।

दोबाटोमा देख्छु सधै एउटी बुढी कन्यालाई,
त्यसैलाई भएपनि तानेरै लान्छु लान्छु आज ।

रक्सिको मात लाग्या बेला को पर्ने हो फेला
मेरो न्यानो अँगालोमा बान्छु बान्छु आज ।

भट्टीबाल्नी र बुढिकन्या कस्लाई आफ्नो बनाउ
गाईजात्रा हो जसरी भएनि छान्छु छान्छु आज।

सर्बाधिकार सुरक्षित©मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०७० भाद्र ५ बुधवार

कतै खडेरी कतै बर्षे झरी नदेउ हे दैब,

गजल
********
कतै खडेरी कतै बर्षे झरी नदेउ हे दैब,
नेपालीहरुलाई भोकमरी नदेउ हे दैब ।

गरिब भै जन्मनु दोष होइन तिनको,
दरबान,चौकिदार नोकरी नदेउ हे दैब ।

दाजुभाइमा काट्मार गाँउमा रुवाबासी,
आँसुको बिशाल पोखरी नदेउ हे दैब ।

बिदेसिन बाध्य बेरोजगार युवाहरुमा,
दुर दरारको स्वप्ननगरी नदेउ हे दैब ।

अभाब रोग भोकमा बाँच्नेलाई तिमी
भो अब यो जुनी अजम्बरी नदेउ हे दैब ।

Copyright@ मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०७०-०४-१४ बिहान

मायालुको बाहुपासमा छु।

गजल
*************
ए हजुर मत खासमा छु ।                                                    
मायालुको बाहुपासमा छु।                                                                  

 
जीवनमा खुशी आउँछ कि ,
रमाईलो यही आशामा छु।

समय अनुकुल छ अहिले ,
प्रीयतमकै सहवासमा छु ।

सुन्य छ मन मस्तिष्क,
अचेत जीउँदो लासमा छु।

मन बदल्न के बेर यहाँ
अझैपनि त्रासै त्रासमा छु।

copyright @ मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०७०-०३-२७-२:४० बजे बिहीवार

तिमीले सोचेजस्तो बिशाल घर छैन मेरो,

गजल
तिमीले सोचेजस्तो बिशाल घर छैन मेरो,                                     
समाजमाआफु ठुलो ठान्ने थर छैन मेरो।

 

जीन्दगीको, उकाली ओराली र मोडहरुमा,
कहिले नटुङ्गने लामो सफर छैन मेरो ।

बाटो बिराउने धेरैछन् यहाँ हिजो आज,
खुलेआम बदनाम भको शहर छैन मेरो।

कोमल हुन्छ भन्छन मान्छेको मन मुटु,
तिम्रो जस्तै कठोर दिल पत्थर छैन मेरो।

'बिहानी'साँची छ सोधेर आउनोस् हजुर,
गिराई तिम्लाई हेर्ने तुच्छ नजर छैन मेरो।

copyright @ मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०७०-०३-२८ राति ९ बजे

अध्याँरो रातको प्रकाश तिमी


गजल
<><><><><><><><>
अध्याँरो रातको प्रकाश तिमी
मेरो जीवनको मधुमास तिमी //१//

अनेकौ फूलहरु भएनी बागमा
सुगन्ध भित्रको सुवास तिमी //२//

घाम र जूनलाई सोध्नु पर्दैन
मेरो संसारको आकाश तिमी //३//

जीवन मृत्यू बिच संघर्ष चल्दा
जिन्दगी जिउनुको आभाष तिमी //४//

बन्धक भएन मेरो यो दुनियाँ
'बिहा
नी'को खास ईतिहास तिमी //५//

copyright मोहन बिहानी
भक्तिपुर सात
सर्लाही

सावनको उर्लदो भेल भो जवानी


गजल
<><><><><><><<><
सावनको उर्लदो भेल भो जवानी  
यात्रामा छुटेको रेल भो जवानी //1//

 
समाजको बन्धन सारै नै कडा
आफैलाई आज जेल भो जवानी //2//

कागलाई जस्तै मलाई नि उस्तै
रुखमा पाकेको बेल भो जवानी //3//

न जीत मेरो भो न हार भो मेरो
डन्डी र बियोको खेल भो जवानी //4//

भएन हिम्मत नाघ्न सिमा रेखा
न दिई परीक्षा फेल भो जवानी //5//

copyright @ मोहन बिहानी
भक्तिपुर सात
सर्लाही
२०७०-०४-७ गते सोमबार

ढुङ्गा र चट्टान गाल्नुको अर्थ हुन्न ।

गजल
ढुङ्गा र चट्टान गाल्नुको अर्थ हुन्न ।
बालुवामा पानी हाल्नुको अर्थ हुन्न ।

आमुल परिवर्तन गर्ने नाउँमा यहाँ,
पुराना सालिक ढाल्नुको अर्थ हु्न्न ।

कृषि प्रधान देश भन्ने हामीले यहाँ,
गाई वेची गधा पाल्नुको अर्थ हु्न्न ।

जोई पोइको झगडामा चक्काजाम गर्दै,
सड्कमा टायर बाल्नुको अर्थ हु्न्न ।

विकास निर्माण गर्ने नेपाली पारा हेर,
वर्षातसंगै सडक टाल्नुको अर्थ हु्न्न ।

बेरोजगारी समस्या समाधान भन्दै,
यूवाशक्ति खाडी फाल्नुको अर्थ हु्न्न ।
मोहन विहानी
भक्तिपुर–७, सर्लाही
२०७०/०४/०६ आईतवार

गजल
ढुङ्गा र चट्टा गाल्नुको अर्थ केहि छैन ।
बालुवामा पानि हाल्नुको अर्थ केहि छैन ।

आमुल परिवर्तन गर्ने नाउँमा यहाँ,
पुराना सालिक ढाल्नुको अर्थ केहि छैन ।

कृषि प्रधान देश हो भन्नेहरुले नै यहाँ,
गाई वेची गधा पाल्नुको अर्थ केहि छैन  ।

लोग्ने स्वास्नीको झगडामा नेपाल वन्द गर्दै,
सड्कमा टायर बाल्नुको अर्थ केहि छैन ।

विकास निर्माण गर्ने नेपाली चलन हेर्नुस,
वर्षात संगै सडक टाल्नुको अर्थ केहि छैन ।

बेरोजगारी समस्या समाधान नाउमा आज,
यूवा शक्ति खाडी फाल्नुको अर्थ केही छैन ।
मोहन विहानी
भक्तिपुर–७, सर्लाही
२०७०/०४/०६ आईतवार