उच्च र निचको दरार कहिलेसम्म ?

गजल````````````````` 

उच्च र निचको दरार कहिलेसम्म ?
छुवाछुतको ब्यबहार कहिलेसम्म ?

अख्तियारले भ्रस्टाचारीलाई खोज्दैछ
आरोपित रहन्छ फरार कहिलेसम्म ?

मृतुदण्डको फैसला नआउँदा कैदी पनि
सोच्दो हो जीवनको करार कहिलेसम्म ?

पिरतिमा घाइते भएको प्रेमी बेचैन छ
मनको घाउको उपचार कहिलेसम्म ?

तथ्य र प्रमाण सामुन्य आउनै पर्छ
झुठो त्यो खबर बारम्बार कहिलेसम्म ?

सर्बाधिकार सुरक्षित © मोहन बिहानी
भक्तिपुर सात सर्लाही

0 comments :