5.मुक्तक
0
मुक्तक
*****************
दशैमा आउन पाईन तिहारमा नि आँउदिन होला
अरु जस्तै गाँउ डुल्दै देउसी भैलो गाँउदिन होला
सयपत्री र मखमली _ फूलको माला सजाउदै
यसपाली नि मैले भाइटिका लाउन पाँउदिन होला ।
सर्बाधिकार सुरक्षित © मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०७०-०७-०१
***************************
परदेशिको जीवन
कहिले हाँस्नु पर्ने हुन्छ कहिले रुनु पर्ने
कहिले नजिक त कहिले टाढा हुनु पर्ने
दिनभरी काममा ब्यस्त भए पनि सधै
निदाउनु अघि प्रीयाकै तस्बिर छुनु पर्ने।
२०७०-०७-०२
<><><><>मुक्तक<><><><>
~~~~~~~~~~~~~~~~~~~~~~
रंगिन मेरो जीवन सादा नबनाउ तिमी
बारम्बार मेरालागि बाधा नबनाउ तिमी
उसै त घाइते भएको धेरै भैसक्या छ हेर
मेरो मुटु चिरेर अझै आधा नबनाउ तिमी।
मोहन बिहानी भक्तिपुर -७ सर्लाही
२०७०-०७-०२
दशैमा जस्तै तिहारमा नि आउँदिन
साथीहरु गए मैले छुट्टि पाउँदिन
चाकरी गर्न खप्प्पिसछन जवानहरु
स्वाभिमानका खातिर म कतै धाउँदिन ।
मुक्तक
*****************
दशैमा आउन पाईन तिहारमा नि आँउदिन होला
अरु जस्तै गाँउ डुल्दै देउसी भैलो गाँउदिन होला
सयपत्री र मखमली _ फूलको माला सजाउदै
यसपाली मैले भाइटिका लाउन पाँउदिन होला ।
सर्बाधिकार सुरक्षित © मोहन बिहानी
भक्तिपुर सात सर्लाही
~~~~~~~~~~~~~~~~~~~~~~
रंगिन मेरो जीवन सादा नबनाउ तिमी
बारम्बार मेरालागि बाधा नबनाउ तिमी
उसै त घाइते भएको धेरै भैसक्या छ हेर
मेरो मुटु चिरेर अझै आधा नबनाउ तिमी।
मोहन बिहानी भक्तिपुर -७ सर्लाही
२०७०-०७-०२
