आँसुमा मात्र विश्वास किन लागेको होला/जादैछु म अरब पसिना बगाउन /
0
~~~~~~~गजल~~~~~~~~~
आँसुमा मात्र विश्वास किन लागेको होला।
गोधुली साँझ उदास किन लागेको होला ।
उनी सँगै बिताएका स्वर्णिम ति पलहरु ,
आज मलाई ईतिहास किन लागेको होला ।
बगैचाको रङ्गिन फूल झै लाग्थ्यो जीवन,
तर अचेल पलाँस किन लागेको होला ।
साथ दिन्छु तिम्लाई भन्दै'थी ऊ बारम्बार ,
तैपनि धोकाको आभास किन लागेको होला ।
© Mohan Bihani
भक्तिपुर-७ सर्लाही
२०७०-०९-२५ बिहीवार
~~~~~~~गजल~~~~~~~~~