तिम्रो हातले यो सराबको प्याला भरेर हेर

मोहन बिहानी
~~~~~~~~गजल~~~~~~~~

तिम्रो हातले यो सराबको प्याला भरेर हेर ,
सराबीको पनि मन हुन्छ माया गरेर हेर ।

कति माया छ दिल भित्र लेखाजोखा छैन,
नपत्याए आउ मेरो बाहुपासमा परेर हेर ।

आफन्तले घृणा गरेर सराबी हुनु पर्यो मैले,
दु:खी यो जीवनमा तिम्रो माया छरेर हेर।

छिया छिया भा'छ मुटु बुझ्ने कोहि छैन,
तिमी आफै मेरो यो दिलमा डेरा सरेर हेर।

कति बस्नु वारी पारी दुई किनार भएर सधै,
मीलन बिन्दु एउटै बनाउन खोला तरेर हेर।

सर्बाधिकार सुरक्षित © मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०७०-०५-१८ मंगलबार

0 comments :