खुशिको खबर आयो बेरोजगारीको लागि ।

गजल
सबैलाई सुनाउनु पर्यो जानकारीको लागि।
खुशिको खबर आयो बेरोजगारीको लागि ।

उम्मेदबारले लठैत खोज्दै होलान् पक्कै
सम्बिधान सभा चुनाबको तयारीको लागि।

ज्याला गतिलो आउनसक्छ,केहि दिनकै ,
गाँउमा खान नुन भुटुन तरकारीको लागि ।

पार्टि छोड्ने र बिढ्रोह गर्नेको कमी रहेन,
बिना टिकट आफ्नो उम्मेदबारीको लागि ।

अर्को सुनौलो मौका हुन सक्छ यो बर्ष चुनाब
भ्रष्ट्राचारी जाली फटाहा र हावादारीको लागि।

copyright © मोहन बिहानी
भक्तिपुर -सात सर्लाही
२०७०-०६-२३ बुधवार

0 comments :