जीन्दगी यो बेकार , मेरो मात्रै किन ?
0
गजल
~~~~~~~~~~~~~~~~
जीन्दगी यो बेकार , मेरो मात्रै किन ?
बिग्रीएको घरबार , मेरो मात्रै किन ?
देख्दैछु खुशियाली, चारैतिर छाएको,
उजाड यो संसार , मेरै मात्र किन?
चन्द्रमुखी छन कोहि, सुर्यमुखी कोहि ,
कुरुप यो अनुहार , मेरै मात्र किन ?
ढुंङ्गाको भर माटो , माटोको भर ढुङ्गा,
नभ'को केहि आधार , मेरै मात्र किन ?
उन्नति र प्रगति छ , साथीभाइ सबैको,
सधै घाटाको ब्यापार , मेरै मात्र किन ?
Copyright © मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०७०-०४-२४ बिहीवार
