यो पल्ट दशैमा ।
दशै बिशेष गजल
------------------------
नयाँ चोलो फरिया लाउली यो पल्ट दशैमा ।
मिठो मसिनो खुब खाउली यो पल्ट दशैमा ।
नवदुर्गा भवानीको पुजा आरतीमा खुशि हुदै,
हरेकदिन मालश्री गीत गाउली यो पल्ट दशैमा।
पोहर साल जुठो परेथ्यो तिम्रो माइतीघरमा,
माईतिको टिको थाप्न पाउली, यो पल्ट दशैमा ।
भेट नभ'को धेरै भयो तिम्रो कान्छा मामासंग,
मामा घरमा भेट्न जाउली यो पल्ट दशैमा ।
कति भयो तिमीले आफ्ना साथीसंगि नदेखेको,
सबै साथीको तिर्सना मेटाउली यो पल्ट दशैमा।
बर्षभरी दु:ख गर्दै कटाएको जीन्दगीमा तिमीले,
ऋणमै भएनि दुइ दिन रमाउली यो पल्ट दशैमा ।
copyright © मोहन बिहानी
भक्तिपुर -सात सर्लाही
२०७०-०६-१८ गते शुक्रबार