2.मुक्तक

मुक्तक
---------------------
आजकाल आक्रमणको चौतर्फी मारमा छु
न डुब्नुको न पौड्नुको मझधारमा छु
गल्ति गरेकै हो मैले उन्लाई प्रेम गरेर
किन म अचेल बिबादस्पद समाचारमा छु ?
© Mohan Bihani
 
मुक्तक
---------------------
धनवान खोज्नेहरुको होडमा देखे तिमीलाई
कहिले महल कहिले रोडमा देखे तिमीलाई
सधैं बैश र रुपलाई सर्बोपरी ठान्ने ए उर्वशी
आज जीवनकै नाजुक मोडमा देखे तिमीलाई।
© Mohan Bihani

0 comments :