3.गजल

गजल
ठेल्दै तान्दै जसो तसो चल्दैछ यो जीवन।

हिउँद बर्षा घाम पानी छल्दैछ यो जीवन।
 
यन्त्रबत चल्नु पर्ने दिन रात क्यै नभनी
सकिदैन अब खट्न गल्दैछ यो जीवन।

हावासंग हुरीसँग जुधेको हो कैयन पटक
आज सानो फिलुङ्गोले जल्दैछ यो जीवन।

टेक्नलाई लौरी छैन समाउ भन्दा हातमा
बल गर्दा नि न उठेर ढल्दैछ यो जीवन।

मोहन बिहानी २०७०-०७-१० आईतवार
चुनाबी गजल
*****************************
वाईन बनाउछु आफ्नै देशमा रम बनाउछु।
माग र आपुर्तिको तालमेल कम बनाउछु।

 
जिताउनुस ए हजुर मलाई यो चुनाबमा
नत्र आजैबाट बारुद बनाउछु बम बनाउछु।

निमन्त्रणा पठाउदैछु चुनाबी भोजको आजै,
रक्सि चिउरा मासुसंग आलुदम बनाउछु ।

आफु खानुस वा अरुलाई ख्वाउनुस हजुर
वरपरको वाताबरण पुरै रमझम बनाउछु।

रमाइलो गर्नै पर्यो नाच गाना बजनाको,
महेफिलमा बाईको पायल छमछम बनाउछु।

copyright © मोहन बिहानी भक्तिपुर सात सर्लाही
२०७०-०७-१२ मंङलबार रोज १२:४० शुभम्:
 

0 comments :