ढुङ्गा र चट्टान गाल्नुको अर्थ हुन्न ।

गजल
ढुङ्गा र चट्टान गाल्नुको अर्थ हुन्न ।
बालुवामा पानी हाल्नुको अर्थ हुन्न ।

आमुल परिवर्तन गर्ने नाउँमा यहाँ,
पुराना सालिक ढाल्नुको अर्थ हु्न्न ।

कृषि प्रधान देश भन्ने हामीले यहाँ,
गाई वेची गधा पाल्नुको अर्थ हु्न्न ।

जोई पोइको झगडामा चक्काजाम गर्दै,
सड्कमा टायर बाल्नुको अर्थ हु्न्न ।

विकास निर्माण गर्ने नेपाली पारा हेर,
वर्षातसंगै सडक टाल्नुको अर्थ हु्न्न ।

बेरोजगारी समस्या समाधान भन्दै,
यूवाशक्ति खाडी फाल्नुको अर्थ हु्न्न ।
मोहन विहानी
भक्तिपुर–७, सर्लाही
२०७०/०४/०६ आईतवार

गजल
ढुङ्गा र चट्टा गाल्नुको अर्थ केहि छैन ।
बालुवामा पानि हाल्नुको अर्थ केहि छैन ।

आमुल परिवर्तन गर्ने नाउँमा यहाँ,
पुराना सालिक ढाल्नुको अर्थ केहि छैन ।

कृषि प्रधान देश हो भन्नेहरुले नै यहाँ,
गाई वेची गधा पाल्नुको अर्थ केहि छैन  ।

लोग्ने स्वास्नीको झगडामा नेपाल वन्द गर्दै,
सड्कमा टायर बाल्नुको अर्थ केहि छैन ।

विकास निर्माण गर्ने नेपाली चलन हेर्नुस,
वर्षात संगै सडक टाल्नुको अर्थ केहि छैन ।

बेरोजगारी समस्या समाधान नाउमा आज,
यूवा शक्ति खाडी फाल्नुको अर्थ केही छैन ।
मोहन विहानी
भक्तिपुर–७, सर्लाही
२०७०/०४/०६ आईतवार

0 comments :