Showing posts with label Mero Muktak. Show all posts

3 मुक्तक

~~~~मुक्तक~~~~~~~~
बोलाउँदा होई भन्छे, कस्ती मापाकी।
तिमी मेरो पोई भन्छे ,कस्ती मापाकी।
मेरा संगीहरुको, दुइटा बच्चा भै सक्यो,
हाम्रो नानी खोई भन्छे, कस्ती मापाकी। 
~~~~मुक्तक~~~~~~~~
तिम्रोसाथ हुन पाए धन्य हुन्थो जीवन
तिमीसंगै रुन पाए धन्य हुन्थो जीवन
तिमी मेरो प्राप्ति हौ तिमी मेरो संसार
मात्र मैले छुन पाए धन्य हुन्थो जीवन।
© Mohan Bihani
भक्तिपुर सात सर्लाही
२०७०-०८-२३
शुभ बिहानी
 
मुक्तक
डाँडा काँडा हरीयाली वन पाखाहरुमा,
नदी अनि झरनाले बोल्ने भाखाहरुमा।
नयन ओच्छ्याएर पर्खदैछु तिम्रो ईसारा,
सौम्य शान्त गाजलु ति आँखाहरुमा।

सर्बाधिकार सुरक्षित© मोहन बिहानी
भक्तिपुर, सात
सर्लाही

2.मुक्तक

मुक्तक
---------------------
आजकाल आक्रमणको चौतर्फी मारमा छु
न डुब्नुको न पौड्नुको मझधारमा छु
गल्ति गरेकै हो मैले उन्लाई प्रेम गरेर
किन म अचेल बिबादस्पद समाचारमा छु ?
© Mohan Bihani
 
मुक्तक
---------------------
धनवान खोज्नेहरुको होडमा देखे तिमीलाई
कहिले महल कहिले रोडमा देखे तिमीलाई
सधैं बैश र रुपलाई सर्बोपरी ठान्ने ए उर्वशी
आज जीवनकै नाजुक मोडमा देखे तिमीलाई।
© Mohan Bihani

5.मुक्तक

मुक्तक
*****************
दशैमा आउन पाईन तिहारमा नि आँउदिन होला
अरु जस्तै गाँउ डुल्दै देउसी भैलो गाँउदिन होला
सयपत्री र मखमली _ फूलको माला सजाउदै
यसपाली नि मैले भाइटिका लाउन पाँउदिन होला ।

सर्बाधिकार सुरक्षित © मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०७०-०७-०१
***************************
परदेशिको जीवन
कहिले हाँस्नु पर्ने हुन्छ कहिले रुनु पर्ने
कहिले नजिक त कहिले टाढा हुनु पर्ने
दिनभरी काममा ब्यस्त भए पनि सधै
निदाउनु अघि प्रीयाकै तस्बिर छुनु पर्ने।
२०७०-०७-०२

<><><><>मुक्तक<><><><>
~~~~~~~~~~~~~~~~~~~~~~
रंगिन मेरो जीवन सादा नबनाउ तिमी
बारम्बार मेरालागि बाधा नबनाउ तिमी
उसै त घाइते भएको धेरै भैसक्या छ हेर
मेरो मुटु चिरेर अझै आधा नबनाउ तिमी।

मोहन बिहानी भक्तिपुर -७ सर्लाही
२०७०-०७-०२
दशैमा जस्तै तिहारमा नि आउँदिन
साथीहरु गए मैले छुट्टि पाउँदिन
चाकरी गर्न खप्प्पिसछन जवानहरु
स्वाभिमानका खातिर म कतै धाउँदिन ।
मुक्तक
*****************
दशैमा आउन पाईन तिहारमा नि आँउदिन होला
अरु जस्तै गाँउ डुल्दै देउसी भैलो गाँउदिन होला
सयपत्री र मखमली _ फूलको माला सजाउदै
यसपाली मैले भाइटिका लाउन पाँउदिन होला ।

सर्बाधिकार सुरक्षित © मोहन बिहानी
भक्तिपुर सात सर्लाही
 
 
 

6.मुक्तक

मुक्तक
<><><><><><><><
चम्पा तिम्रो जवानी दाउमा देख्छु अचेल
दिनहुँ फरक फरक भाउमा देख्छु अचेल
यस्तो चर्चा कमाईछौ बर्णन गरौ कसरी
दिवाना छ शहर तिम्रो नाउमा देख्छु अचेल।

मोहन बिहानी
भक्तिपुर -७ सर्लाही
२०७०-०६-३१
मुक्तक
***************************
गुनासो फूलसंग छ न पातहरुसंग
छ त फगत मान्छेको जातहरुसंग
मिठा मिठा सपना देखाउनेहरुको यहाँ
डर लाग्छ तिनैले गर्ने घातहरुसंग।
*******************************
मुक्तक
*******************
उस्कै जीवनको फूल बनी फुल्देउ अब
प्रत्येक पातसंगै डाली डालीमा झुल्देउ अब
तिम्रो र मेरो सम्बन्ध ईतिहास भैसक्यो
बर्तमानमा खुशी हुदै मलाई भुल्देउ अब।
२०७०-०६-१३
मुक्तक
*******************
कडा सामाजिक जंजिर देख्छौ र आतिन्छौ
झझल्कोमा मेरो तस्बिर देख्छौ र आतिन्छौ
पहिचान बिहिन मनुष्य झै भौतरिएको छु
मेरो अभागी तक्दिर देख्छौ र आतिन्छौ।
२०७०-०६-२६ महाअष्टमी
www.mohanbihani.blogspot.com 
**********************
खसि सहितको दशैं
खसि रहितको दशैं
नयाँ अनुभब हुदैछ,
फर्सि मिश्रीत दशैं।
***************************** 
मुक्तक
*******************
तप्प तप्प बैंश आहा चुहाएको कस्तो।
अरु भन्दा राम्री देख्छु सुहाएको कस्तो।

लटरम्म फलेर फल पाके जस्तो जस्तो,
जानी जानी लुकाउदै कुहाएको कस्तो ।
२०७०-०६-३१
 
 
 
 
 

कति राम्री देखे मैले रातो साडी _लाउँदाखेरि,

तीज बिषेश मुक्तक
-------------------------------
कति राम्री देखे मैले रातो साडी _लाउँदाखेरि,
लट्ठ परे मत झन तीजको भाखा गाउँदाखेरि।
नजरमा जादु तिम्रो बदनमा छ मिठो सुबास ,
एक तमासले हेरिबसेँ आज मंदिर धाउँदाखेरि।

सर्बाधिकार सुरक्षित © मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०७०-०५-२३ गते तीज

मोहन बिहानीका मुक्तकहरु `

मोहन बिहानी
~~~~~~~~मुक्तक`~~~~~~~~~
एउटालाई दु:ख पर्दा अर्को रुदैन।
सोचे जति सबै कुरा पुरा हुदैन।
कल्पनाको संसारमा जति डुबेपनि
यथार्थमा गहिराई कहिल्यै छुदैन।
२०७०-०५-०७
मोहन बिहानी
--------------------------------
~~~~~~~~मुक्तक`~~~~~~~~~
मायाको त्यो फूलबारीमा बसौ बसौ लाग्यो ।
माछा भै उन्को जालमा फसौ फसौ लाग्यो ।
झ्याल ढोका बन्द गर्छिन आउँछ कि भनेर,
लुकिचोरी उनको दिलमा पसौ पसौ लाग्यो।
२०७०-०५-०५
© मोहन बिहानी
भक्तिपुर सात सर्लाही
----------------------------------------
~~~~~~~~मुक्तक`~~~~~~~~~
नेपालको चलन बर्षौ देखि यस्तै देखिन्छ।
बाचुन्जेल उस्का गुण अबगुण सबै छेकिन्छ।
जब मर्छ उ देशमै योगदान गर्दा गर्दै यहाँ
बल्ल गुणको बखान गर्दै ईतिहास लेखिन्छ।

सर्बाधिकार सुरक्षित© मोहन बिहानी
२०७०-०५-०३
-------------------------------------------------

    ~~~~~~मुक्तक~~~~~~~~~~

जबर्जस्ति गर्दै कुट्यो नभन्नु मलाई /
जवानी यसले लुट्यो नभन्नु मलाई //
पिउने बानिले बर्बाद बनायो गृहस्थी,
हाम्रो यो नाता टुट्यो नभन्नु मलाई //

 मोहन बिहानी भक्तिपुर सात  सर्लाही —
२०७०-०४-३२
    -------------------------------------------------------
  
    ~~~~~~~मुक्तक~~~~~~~~
 डाँडा काँडा हरीयाली वन पाखाहरुमा,
 नदी अनि झरनाले बोल्ने भाखाहरुमा।
 नयन ओच्छ्याएर पर्खदै छु तिम्रो ईसारा,
 सौम्य शान्त गाजलु  ति आँखाहरुमा।

 सर्बाधिकार सुरक्षित© मोहन बिहानी
 २०७०-भाद्र -२ गते आइतबार
--------------------------------------------------
~~~~~~~~~~मुक्तक~~~~~~
~~~~~~~~~~~~~~~~~~~~~
डोरी चुडिएको झोलुङ्गे पुल जस्तो भयो जीवन,
सुवास बिहिन कागजी फूल जस्तो भयो जीवन।
सपनाको संसारमा हराउँदा हराउँदै आखिरीमा,
जानी जानी गरीएको भूल जस्तै भयो जीवन।

सर्बाधिकार सुरक्षित© मोहन बिहानी  भक्तिपुर, सात सर्लाही
२०७०-भाद्र -२ गते आइतबार

5. मुक्तक---------लेखाईमा अलिकति दम हुनु पर्छ,

मोहन बिहानी
मुक्तक
**************************
लेखाईमा अलिकति दम हुनु पर्छ,
सकेसम्म उसृङ्खलता कम हुनु पर्छ।
यस्तो लेख तारिफ सबैको पाउन,
प्रत्येक शब्द शब्दमा बम हुनुपर्छ।
Copyright @ मोहन बिहानी
भक्तिपुर-सात सर्लाही

मुक्तक
*************
दुई दिन टाढा हुदैमा नबस रोएर /
नभिजाउ परेलि आँसुले धोएर  //
सम्झनाले सारै सतायो भने मेरो,
बस्दै गर प्रीय पुराना तस्बिर छोएर//

Copyright@--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही

*********** मुक्तक **************
अंगालोमा बाँधिएर बस्न पाए हुन्थ्यो ,
कहिलेकाही तिम्रो काखमा खस्न पाए हुन्थ्यो ।
तडपिएर कति बस्नु संम्झि तिमीलाई ,
सधै भरी तिम्रो दिलमा पस्न पाए हुन्थ्यो ।
Copyright@--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही


*********** मुक्तक **************

तिम्रो यौवन को फुल फुले जस्तो देख्छु
,हिजो भन्दा आज अझै खुले जस्तो देख्छु,
मनको ईच्छा मन भित्रै गुम्सी रह्यो सदा,
फुलबारीमा अर्कै माली डुले जस्तो देख्छु।

Copyright@--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही

मुक्तक
****************
तिमी उता मस्किए पछी ढले /
ब्यथा झन् चस्किए पछी ढले //
शेयर बजार झै तिम्रो माया /
अझ बढि खस्किए पछी ढले //

copyright @मोहन बिहानी
भक्तिपुर सात
२०७०-०३-२४ सोमबार

मोहन बिहानीका तीन मुक्तकहरु


मुक्तक-1
***********************
भुलेको ति रातहरु किन याद आउँछ,
मिठा मिठा बातहरु किन याद आउँछ।
नदीका झै दुई किनार भै बस्दा पनि,
बिताएका साथहरु किन याद आउँछ।
copyright@मोहन बिहानी
भक्तिपुर ७ सर्लाही
मुक्तक.2
***************
स्वार्थी छ दुनियाँ भर कस्को पर्नु,
जङ्घार छ गहिरो को सङ्ग तर्नु।
गरेको मायामा धोका पाए पछी,
तिमीलाई चै बिश्वास कसरी गर्नु।
copyright@मोहन बिहानी
भक्तिपुर सात
सर्लाही
मुक्तक.3
**************************
मलिनता न आयोस त्यो अनुहारमा
देखेर मेरो फोटो आजको अखबारमा।
परिबर्तन चाहनेले खोज्नु सधै मलाई,
तात्ततो आगो ओकल्ने मेरा हतियारमा।

Copyright @ मोहन बिहानी
भक्तिपुर-सात सर्लाही
२०७०-०२-२३ बिहिबार

प्रत्येक शब्द शब्दमा बम हुनुपर्छ।

मुक्तक
**************************
लेखाईमा अलिकति दम हुनु पर्छ,
सकेसम्म उसृङ्खलता कम हुनु पर्छ।
यस्तो लेख तारिफ सबैको पाउन,
प्रत्येक शब्द शब्दमा बम हुनुपर्छ।
Copyright @ मोहन बिहानी
भक्तिपुर-सात सर्लाही

अतित सम्झाउने त्यो रातको कुरा नगर।

मुक्तक
*******************************
भो पुरानो घाउ अब त्यो साथको कुरा नगर,
टेलिफोन मा दिनहुँ हुने बातको कुरा नगर,


बर्षौ भयेछ दुई किनारा भै छुट्टिएको अब
अतित सम्झाउने त्यो रातको कुरा नगर।


copyright@--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही --

बर्षौ पछीको आज त्यो झरी याद आयो।

मुक्तक
*****************
बर्षौ पछीको आज त्यो झरी याद आयो।
सङ्गै रुझेको पल घरी घरी याद आयो।।
तप्प तप्प थोपाले निथ्रुक्क भिजेको बदनमा,
कसेको त्यो अङ्गालो सधै भरी याद आयो।।
Copyright@ मोहन बिहानी
भक्तिपुर सात सर्लाही