गोरीको भन्दा नि कालीको चर्चा छ अचेल,
0
~~~~~~~~गजल~~~~~~~~
गोरीको भन्दा नि कालीको चर्चा छ अचेल,
ओठको भन्दा नि लालीको चर्चा छ अचेल।
घर कि मुर्गि दाल बराबर भन्छन सबैले,
श्रीमती भन्दा नि सालीको चर्चा छ अचेल।
जमाना फेरिए'सी कस्को के लाग्छ हजुर,
फूलको भन्दा नि मालीको चर्चा छ अचेल ।
मन्दिरमा भिड देख्छु साँझपख जहिले नि,
आरती भन्दा नि थालीको चर्चा छ अचेल।
के भा को होला यो युवा जमातको बोलीमा,
मिठास भन्दा नि गालीको चर्चा छ अचेल।
सर्बाधिकार सुरक्षित © मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०७०-०५-२१ शुक्रबार
गोरीको भन्दा नि कालीको चर्चा छ अचेल,
![]() |
| मोहन बिहानी |
ओठको भन्दा नि लालीको चर्चा छ अचेल।
घर कि मुर्गि दाल बराबर भन्छन सबैले,
श्रीमती भन्दा नि सालीको चर्चा छ अचेल।
जमाना फेरिए'सी कस्को के लाग्छ हजुर,
फूलको भन्दा नि मालीको चर्चा छ अचेल ।
मन्दिरमा भिड देख्छु साँझपख जहिले नि,
आरती भन्दा नि थालीको चर्चा छ अचेल।
के भा को होला यो युवा जमातको बोलीमा,
मिठास भन्दा नि गालीको चर्चा छ अचेल।
सर्बाधिकार सुरक्षित © मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०७०-०५-२१ शुक्रबार
