तिम्रो मेरो साईनो लाग्छ किताब र गाता जस्तो



~~~~~~~~गजल~~~~~~~~

तिम्रो मेरो साईनो लाग्छ किताब र गाता जस्तो
कहिले काही लाग्छ यो हो वर्षात र छाता जस्तो

बैक ब्यालेन्स गरे जस्तै जतन गरी राखे जस्तै
हाम्रो माया  लाग्छ मलाई चेकबुक र खाता जस्तो

एक अर्कामा समर्पित भई हुर्किएको हाम्रो माया
जन्म जात जोडिएको अजम्बरी  नाता जस्तो

आँखा अघि नाँच्दै गर्दा माया साट्दै बाँच्दै गर्दा
केहि क्षण भेट नहुँदा लाग्छ कैयन साता जस्तो

तिम्रो मेरो साईनो लाग्छ किताब र गाता जस्तो
कहिले काही लाग्छ यो हो वर्षात र छाता जस्तो

© मोहन बिहानी
भक्तिपुर ७ सर्लाही

0 comments :