मोहन बिहानीका मुक्तकहरु `

मोहन बिहानी
~~~~~~~~मुक्तक`~~~~~~~~~
एउटालाई दु:ख पर्दा अर्को रुदैन।
सोचे जति सबै कुरा पुरा हुदैन।
कल्पनाको संसारमा जति डुबेपनि
यथार्थमा गहिराई कहिल्यै छुदैन।
२०७०-०५-०७
मोहन बिहानी
--------------------------------
~~~~~~~~मुक्तक`~~~~~~~~~
मायाको त्यो फूलबारीमा बसौ बसौ लाग्यो ।
माछा भै उन्को जालमा फसौ फसौ लाग्यो ।
झ्याल ढोका बन्द गर्छिन आउँछ कि भनेर,
लुकिचोरी उनको दिलमा पसौ पसौ लाग्यो।
२०७०-०५-०५
© मोहन बिहानी
भक्तिपुर सात सर्लाही
----------------------------------------
~~~~~~~~मुक्तक`~~~~~~~~~
नेपालको चलन बर्षौ देखि यस्तै देखिन्छ।
बाचुन्जेल उस्का गुण अबगुण सबै छेकिन्छ।
जब मर्छ उ देशमै योगदान गर्दा गर्दै यहाँ
बल्ल गुणको बखान गर्दै ईतिहास लेखिन्छ।

सर्बाधिकार सुरक्षित© मोहन बिहानी
२०७०-०५-०३
-------------------------------------------------

    ~~~~~~मुक्तक~~~~~~~~~~

जबर्जस्ति गर्दै कुट्यो नभन्नु मलाई /
जवानी यसले लुट्यो नभन्नु मलाई //
पिउने बानिले बर्बाद बनायो गृहस्थी,
हाम्रो यो नाता टुट्यो नभन्नु मलाई //

 मोहन बिहानी भक्तिपुर सात  सर्लाही —
२०७०-०४-३२
    -------------------------------------------------------
  
    ~~~~~~~मुक्तक~~~~~~~~
 डाँडा काँडा हरीयाली वन पाखाहरुमा,
 नदी अनि झरनाले बोल्ने भाखाहरुमा।
 नयन ओच्छ्याएर पर्खदै छु तिम्रो ईसारा,
 सौम्य शान्त गाजलु  ति आँखाहरुमा।

 सर्बाधिकार सुरक्षित© मोहन बिहानी
 २०७०-भाद्र -२ गते आइतबार
--------------------------------------------------
~~~~~~~~~~मुक्तक~~~~~~
~~~~~~~~~~~~~~~~~~~~~
डोरी चुडिएको झोलुङ्गे पुल जस्तो भयो जीवन,
सुवास बिहिन कागजी फूल जस्तो भयो जीवन।
सपनाको संसारमा हराउँदा हराउँदै आखिरीमा,
जानी जानी गरीएको भूल जस्तै भयो जीवन।

सर्बाधिकार सुरक्षित© मोहन बिहानी  भक्तिपुर, सात सर्लाही
२०७०-भाद्र -२ गते आइतबार

0 comments :