3 मुक्तक

~~~~मुक्तक~~~~~~~~
बोलाउँदा होई भन्छे, कस्ती मापाकी।
तिमी मेरो पोई भन्छे ,कस्ती मापाकी।
मेरा संगीहरुको, दुइटा बच्चा भै सक्यो,
हाम्रो नानी खोई भन्छे, कस्ती मापाकी। 
~~~~मुक्तक~~~~~~~~
तिम्रोसाथ हुन पाए धन्य हुन्थो जीवन
तिमीसंगै रुन पाए धन्य हुन्थो जीवन
तिमी मेरो प्राप्ति हौ तिमी मेरो संसार
मात्र मैले छुन पाए धन्य हुन्थो जीवन।
© Mohan Bihani
भक्तिपुर सात सर्लाही
२०७०-०८-२३
शुभ बिहानी
 
मुक्तक
डाँडा काँडा हरीयाली वन पाखाहरुमा,
नदी अनि झरनाले बोल्ने भाखाहरुमा।
नयन ओच्छ्याएर पर्खदैछु तिम्रो ईसारा,
सौम्य शान्त गाजलु ति आँखाहरुमा।

सर्बाधिकार सुरक्षित© मोहन बिहानी
भक्तिपुर, सात
सर्लाही

0 comments :