6.मुक्तक

मुक्तक
<><><><><><><><
चम्पा तिम्रो जवानी दाउमा देख्छु अचेल
दिनहुँ फरक फरक भाउमा देख्छु अचेल
यस्तो चर्चा कमाईछौ बर्णन गरौ कसरी
दिवाना छ शहर तिम्रो नाउमा देख्छु अचेल।

मोहन बिहानी
भक्तिपुर -७ सर्लाही
२०७०-०६-३१
मुक्तक
***************************
गुनासो फूलसंग छ न पातहरुसंग
छ त फगत मान्छेको जातहरुसंग
मिठा मिठा सपना देखाउनेहरुको यहाँ
डर लाग्छ तिनैले गर्ने घातहरुसंग।
*******************************
मुक्तक
*******************
उस्कै जीवनको फूल बनी फुल्देउ अब
प्रत्येक पातसंगै डाली डालीमा झुल्देउ अब
तिम्रो र मेरो सम्बन्ध ईतिहास भैसक्यो
बर्तमानमा खुशी हुदै मलाई भुल्देउ अब।
२०७०-०६-१३
मुक्तक
*******************
कडा सामाजिक जंजिर देख्छौ र आतिन्छौ
झझल्कोमा मेरो तस्बिर देख्छौ र आतिन्छौ
पहिचान बिहिन मनुष्य झै भौतरिएको छु
मेरो अभागी तक्दिर देख्छौ र आतिन्छौ।
२०७०-०६-२६ महाअष्टमी
www.mohanbihani.blogspot.com 
**********************
खसि सहितको दशैं
खसि रहितको दशैं
नयाँ अनुभब हुदैछ,
फर्सि मिश्रीत दशैं।
***************************** 
मुक्तक
*******************
तप्प तप्प बैंश आहा चुहाएको कस्तो।
अरु भन्दा राम्री देख्छु सुहाएको कस्तो।

लटरम्म फलेर फल पाके जस्तो जस्तो,
जानी जानी लुकाउदै कुहाएको कस्तो ।
२०७०-०६-३१
 
 
 
 
 

0 comments :