5. मुक्तक---------लेखाईमा अलिकति दम हुनु पर्छ,

मोहन बिहानी
मुक्तक
**************************
लेखाईमा अलिकति दम हुनु पर्छ,
सकेसम्म उसृङ्खलता कम हुनु पर्छ।
यस्तो लेख तारिफ सबैको पाउन,
प्रत्येक शब्द शब्दमा बम हुनुपर्छ।
Copyright @ मोहन बिहानी
भक्तिपुर-सात सर्लाही

मुक्तक
*************
दुई दिन टाढा हुदैमा नबस रोएर /
नभिजाउ परेलि आँसुले धोएर  //
सम्झनाले सारै सतायो भने मेरो,
बस्दै गर प्रीय पुराना तस्बिर छोएर//

Copyright@--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही

*********** मुक्तक **************
अंगालोमा बाँधिएर बस्न पाए हुन्थ्यो ,
कहिलेकाही तिम्रो काखमा खस्न पाए हुन्थ्यो ।
तडपिएर कति बस्नु संम्झि तिमीलाई ,
सधै भरी तिम्रो दिलमा पस्न पाए हुन्थ्यो ।
Copyright@--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही


*********** मुक्तक **************

तिम्रो यौवन को फुल फुले जस्तो देख्छु
,हिजो भन्दा आज अझै खुले जस्तो देख्छु,
मनको ईच्छा मन भित्रै गुम्सी रह्यो सदा,
फुलबारीमा अर्कै माली डुले जस्तो देख्छु।

Copyright@--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही

मुक्तक
****************
तिमी उता मस्किए पछी ढले /
ब्यथा झन् चस्किए पछी ढले //
शेयर बजार झै तिम्रो माया /
अझ बढि खस्किए पछी ढले //

copyright @मोहन बिहानी
भक्तिपुर सात
२०७०-०३-२४ सोमबार

0 comments :