जिम गएर बनाउ ज्यान काकाले भनेको,
0
गजल<><><><><><><><><><>
जिम गएर बनाउ ज्यान काकाले भनेको,
गुन्डा गर्दिमा देउ ध्यान काकाले भनेको।
जनता ढाँट्न सिपालु छन नेताजी यहाँ
तिसँङ्गै लेउ दुईचार ज्ञान काकाले भनेको।
लुटपाट,अपहरण गर या गर बलात्कार,
होइन भन्दै लेउ अडान काकाले भनेको।
आतङ्क फैल्याउन तिमीले पडकाउ बम,
बिपक्षिको नाउँमा देउ बयान काकाले भनेको।
आठ दस गुन्डा पछि लाउदै डन बन्नु बाबु
बनाउ छुट्टै तिम्रो पहिचान काकाले भनेको।
copyright @ मोहन बिहानी
भक्तिपुर सात
सर्लाही
२०७०-०४-१० बिहीवार बेलुका