बजाउदैछु सारङ्गी म नजिक आई सुन

गजल
बजाउदैछु सारङ्गी म नजिक आई सुन,

निकाल्दैछु आएजति मिठो मिठो धुन।

नाच बरु सकेसम्म कम्मर भाँचि भाँचि,
मन्द मन्द मुस्कुराउ तिमी मेरी जुन।

रुपबती ,गुणबती या हौ लज्जाबती ?
युवा जति मरी मेट्छन् केछ तिम्रो गुन ?

कोइलीको कुहु कुहु सङ्गै भेट्न आउँदा,
देख्छु तिमीलाई क्षितिजमा सक्दिन म छुन।

--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही 

2070-03-13 

0 comments :