शेर्पीनि कान्छी उर्फ निम शेर्पाका पाँच गजल एकै साथ

शेर्पीनि कान्छी 
तिमी संग बिताएको, रात भुल्न चाहन्छु
लठै पार्ने जवानिको, मात भुल्न चाहन्छु॥
.
अगी बढनु खोज्दैछु सारा अतित भुलाउदै
एउटै छाता ओडेको ,बर्षात भुल्न चाहन्छु॥
.
जति भेट्यो भेटु लाग्ने कस्तो न्यानो साथ
कसम खादै चुमेका, हात भुल्न चाहन्छु॥
.
केही पलको मिलन बिजाउने काडा बन्यो
फुल झर्दा मुटु दुख्यो,पात भुल्न चाहन्छु॥
.
घाम जुन देखाउदै नछुट्ने बाचा गर्थ्यौ
बन्धन तोडी गएको, घात भुल्न चाहन्छु॥
.
शेर्पीनि कान्छि
************************************
सपनीमा उस्लाई देख्दा ,आँखा रसायो
सम्झनामा चिठ्ठी लेख्दा, आँखा रसायो।।
,
अतितका चोटहरु निको पार्न सकिन
सेलाएको मुटु सेक्दा ,आँखा रसायो।।
,
मायालुको सम्झना आउँदा दिनरात
भेटहुँदा मुहार छेक्दा ,आँखा रसायो।।
,
बाध्यताले टुट्यो मनको बाँधलाई
पराइको आँगन टेक्दा, आँखा रसायो।।
,
तिमीलाई सम्झेर पत्र लेख्दै फाटथे
अर्कैको अंगालोमा भेट्दा, आँखा रसायो।।
,
शेर्पीनि कान्छी

******************************
मैले बेदनामा कोर्ने गज़ल बनि आयौ तिमी
मेरो भावनामा डुब्न, सफल बनि आयौ तिमी
.
निदरि संग नाता तोडी बाचेका थकित नयनमा
अनगिन्ति सपनाको, महल बनि आयौ तिमी
.
उजाड उदास थियो रहर बहार बिनाको
मरुभुमीमा उब्जिएको,फसल बनि आयौ तिमी
.
लक्ष्य बिहिन यात्राहरु काहा पुग्ने थाहा थिएन
अन्धकार जिबनमा ,जलप बनि आयौ तिमि
.
धेरै आए माया प्रेमको सन्सार बसाउ है भन्ने
कान्छिको' मनमा खुशीक़ॊ, लहर बनि आयौ तिमी
.
शेर्पिनि कान्छि
****************************************
बिछोडमा धेरै धेरै जलन् हुन्छ भन्थे
टुक्रेको मुटु जोड्ने, मलम हुन्छ भन्थे ॥
.
अर्काको देशमा सधै दुखमा बाच्नु पर्छ्
सिर झुकाउदै बाच्ने, चलन हुन्छ भन्थे ॥
.
प्रभासी जिबन धेरै दुख पिडामा काटॆ
चोट ब्याथा कोरे कुनै, गजल हुन्छ भन्थे ॥
.
बेदनामा बाच्नु याहा गार्हो हुदोरहेछ
जिन्दगींमा मर्ने पानि, सहज हुन्न भन्थे॥
.
आन्नद मनले साग सिस्नु खाएको भए
झुपडीक़ॊ बास पनि, महल हुन्छ भन्थे॥
.
.
शेर्पिनि कान्छि
******************************
खुशी बनेर आयौ माया गर्ने,गुन सिकायौ
मिठो बोलि बोलेर मन मुटु,छुन सिकायौ।।

रमाउदै जिबन जिउनु पर्छ भन्दै हसाउदै
त्यसपछी बिस्तार पिडा दिदै,रून सिकायौ

बिस्वास जितेर सबको सामु माया देखाउदै
एक्लै बाँच्न नै नसक्ने पागल,हुन सिकायौ।।

जिबनमा कहिल्यै परेलि नरुजाउनु भन्दै
आशुले नै यति धेरै रुमाल,धुन सिकायौ।।

विविध कुरा चल्दो रहेछ पिरतिको बाटोमा
सबै जायज हुन्छ भन्ने प्रेममा,कानुन सिकायौ।।

शेर्पीनि कान्छी।।

0 comments :