कसैले अनाडी देखे मलाई

गजल

***************************
कसैले अनाडी देखे मलाई ,
कसैले गफाडी देखे मलाई ।

चौडा छाती कसिलो शरिर
कसैले खेलाडी देखे मलाई ।

मधेशमा जन्मे हुर्के तापनि
कसैले पहाडी देखे मलाई।

जुवाको खालमा नबस्ता नि
कसैले जुवाडी देखे मलाई ।

बेरोजगारी भएर हो कि,
कसैले कवाडी देखे मलाई ।

मोहन बिहानी
भक्तिपुर-सात सर्लाही
https://www.mohanbihani.blogspot.com/

0 comments :