सायद उस्लाई नदेखेको वा नभेटेको धेरै हुनुपर्छ

गजल
*************************
सायद उस्लाई नदेखेको वा नभेटेको धेरै हुनुपर्छ ।
अचानक नचिन्नुमा भुल उस्को वा मेरै हुनुपर्छ।
 

याद आउछ मलाई त्यो आन्दोलनको शुरुवात ,
लखेटेको दु:श्मनले उस्लाई बिहान सबेरै हुनुपर्छ।

छापामार योद्दा बन्न प्रेरित भएको त्यसै होइन उ,
क्रान्तिकारीहरुलाई क्रुर सेनाले मारेरै हुनु पर्छ ।

यहाँ कैयन शहिद भएका छन देशका खातिर,
तानाशाह बिरुद्द छातीमा गोली थापेरै हुनु पर्छ।

उ पनि होमिएको होला परिबर्तन ल्याउछु भन्दै,
सम्भबत आफ्नो सिरनीमा कात्रो राखेरै हुनु पर्छ ।

copyright © मोहन बिहानी 
भक्तिपुर सात सर्लाही
२०७०-०७-१३ बुधवार

0 comments :