वाह क्या चाल छ हेर न गोरीको
0
गजल********
वाह क्या चाल छ हेर न गोरीको
रेशमी कपाल छ हेर न गोरीको।
पुतलीझै लाग्ने पहिरन यो कस्तो
हातमा रुमाल छ हेर न गोरीको।
फुकेको छ छाति,छिनेको छ कम्मर,
मिलेको जिउडाल छ हेर न गोरीको।
मस्त जबानी छ बैशले भरिएको
उमेर सोह्र साल छ हेर न गोरीको।
मोहनी लगाउने बोलीमा जादु छ
रुप मै मायाजाल छ हेर न गोरीको।
Copyright@ मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०७०-०४-१४ बिहान