अध्याँरो रातको प्रकाश तिमी
0
गजल<><><><><><><><>
अध्याँरो रातको प्रकाश तिमी
मेरो जीवनको मधुमास तिमी //१//
अनेकौ फूलहरु भएनी बागमा
सुगन्ध भित्रको सुवास तिमी //२//
घाम र जूनलाई सोध्नु पर्दैन
मेरो संसारको आकाश तिमी //३//
जीवन मृत्यू बिच संघर्ष चल्दा
जिन्दगी जिउनुको आभाष तिमी //४//
बन्धक भएन मेरो यो दुनियाँ
'बिहानी'को खास ईतिहास तिमी //५//
copyright मोहन बिहानी
भक्तिपुर सात
सर्लाही